Nawalpur
Nawalpur
गण्डकी प्रदेश सरकार
उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
नेपाल
नागरिक बडापत्र (CITIZEN CHARTER)
|
१. |
यस डिभिजन कार्यालयबाट प्रदान गरिने सेवाहरुको उद्देश्य |
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कृषियोग्य जमिनमा सिंचाइको लागि पानी उपलब्ध गराई कृषि उत्पादन बृद्धि गर्न सहयोग पुर्याउने साथै नदी नियन्त्रण सम्बन्धी काम गर्ने । |
|
२. |
सेवाको प्रकार |
१. नयाँ सिंचाइ योजनाहरुको निर्माण गर्ने, निर्माण सम्पन्न भएका सिंचाइ प्रणालीहरुको मर्मत सम्भार एवं व्यवस्थापन गरी सिंचाइको लागि पानी उपलब्ध गराउने । २. कृषकहरुलाई सिंचाइ सम्बन्धी प्राविधिक परामर्श सेवा उपलब्ध गराउने । ३. नदी एवं खोलाहरुको कटान रोकथाम र आपतकालीन बाढी पहिरोको संरक्षण तथा न्यूनीकरण सम्बन्धी कार्य गर्ने । ४. उपभोक्ताहरु/कृषकहरुलाई नदी नियन्त्रण एवं बढी पहिरो सम्बन्धी प्राविधिक सीप र ज्ञान उपलब्ध गराउने । |
|
३. |
सेवा प्रदान गरिने क्षेत्र |
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाभरी । |
|
४. |
सेवाको गुणस्तर |
स्वीकृत नर्मस् एवं स्पेसिफिकेशनमा तोकिए अनुसार गुणस्तर कायम गरिने । |
|
५. |
सूचना सम्म पहुँच |
व्यक्तिगत सम्पर्क, डिभिजन कार्यालयको सूचना पाटी, सिंचाइ गतिविधि, Irrigation Newsletter, वार्षिक पुस्तिका, भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेश, पोखरा एवं जलस्रोत तथा सिंचाइ विभागको वेबसाईट आदि । |
|
६. |
उजुरी गर्ने सरल प्रकृया |
मौखिक तथा लिखित निवेदन दिएर । |
|
७. |
समय सीमा, गुनासो सुनुवाई र समाधान व्यवस्था |
गुनासोको आधारमा तुरुन्त सुनुवाई गरी समाधानको उपायको लागि यथाशिघ्र पहल गर्ने । |
|
८. |
सेवाग्राही समूहहरु |
सिंचाइ तथा नदी नियन्त्रण जल उपभोक्ता समिति/संस्था र उपभोक्ता कृषक/कृषक समूहहरु । |
|
९. |
संस्था दर्ता/नवीकरण सम्बन्धी व्यवस्था |
क. जलस्रोत तथा सिंचाइ उपभोक्ता समिति/संस्थाले नयाँ दर्ता गर्दा जलस्रोत तथा सिंचाइ सम्बन्धी ऐन, नीति, नियम र कार्यविधि अनुसार प्रक्रिया पुरा गरी दर्ता गरिने । ख. जलस्रोत तथा सिंचाइ उपभोक्ता समिति/संस्थाले प्रत्येक आ.व. समाप्त भएको मितिले ९० दिन भित्र उपभोक्ता समिति/संस्थाले तोकिएको प्रक्रिया पुरा गरी नवीकरण गर्नु पर्नेछ । |
|
१०. |
सेवा उपलब्ध हुने प्रक्रियाहरु |
क.सिंचाइ सेवा उपलब्ध गर्न चाहने उपभोक्ताहरुको माग भएपछि वा पहिचान भईसकेको योजनाहरु मध्येबाट प्राथमिकताका आधारमा प्रारम्भिक तथा विस्तृत इन्जिनियरिङ्ग अध्ययन गर्दा संभाव्य देखिएका योजनाहरुलाई स्रोतको व्यवस्था गरी निर्माण कार्य अघि बढाउने । ख. नदी नियन्त्रण सम्बन्धी सेवा लिन चाहने उपभोक्ताहरुलाई माग बमोजिम योजनाहरुको प्राथमिकताको आधारमा स्रोतको व्यवस्थापन गरी निर्माण एवं संरक्षणको काम अघि बढाउने । |
|
११. |
सम्बन्धित ऐन नियमहरु |
जलस्रोत ऐन र नियमावली, सिंचाइ एवं नदी नियन्त्रण सम्बन्धीनीति र नियमावली एवं कार्यविधि, सार्वजनिक खरिद ऐन तथा नियमावली र प्रदेश सरकार-जलस्रोत तथा सिंचाइ योजना कार्यान्वयन कार्यविधि, २०७५ आदि । |
|
१२. |
सेवा बापत लाग्ने दस्तुर एवं शुल्क |
१. सिंचाइ हुने जग्गाको हकमा प्रति हेक्टर रु ५०।- (पचास) (प्रति रोपनी रु. २।५०) का दरले हुन आउने रकमयोजनाको अनुरोध फाराम सहित धरौटी राख्नु पर्नेछ । २. सिंचाइ योजनाको कुल स्वीकृत लागत अनुमान अङ्कको ०.५ % रकम उपभोक्ताबाट सिंचित हुने क्षेत्रफलको आधारमा संकलन गरी मर्मत संभार कोष स्थापना गर्नु पर्नेछ । |
|
१३. |
लाग्ने समय |
माग भएको सेवाको प्रकृति तथा कार्यविधि अनुसारको समय । |
|
१४. |
सम्पर्क राख्नु पर्ने व्यक्ति |
सूचना अधिकारीः इन्जिनियर श्री प्रकाश गौतम, सम्पर्क नं. ९८५७०८२४८७ / ०७८-५४११५० |
|
१५. |
उजुरी गुनासो सुन्ने व्यक्ति |
डिभिजन प्रमुखः सम्पर्क नं. ९८५७०८७४८८ / ०७८-५४०४८८ e-mail: irrigation.nawalpur@gmail.com |
© All Rights Reserved to Water Resource and Irrigation Development Division Office, Nawalpur
Powered By: ProActive Developers