Government of Nepal Logo
Government of Nepal Logo
Gandaki Province Government

Ministry of Energy, Water Resources and Water Supply

Water Resource and Irrigation Development Division Office, Nawalpur

Nawalpur

Gandaki Province Government

Ministry of Energy, Water Resources and Water Supply

Water Resource and Irrigation Development Division Office, Nawalpur

Nawalpur

Low Bandwidth Invert Color A- A A+

Introduction 2077-05-01

जिल्लाको संक्षिप्त परिचय

नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने  ११ वटा जिल्ला मध्येको एक जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम भएको छ ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को संक्षिप्त परिचय

नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने ११ वटा जिल्ला मध्येको एक जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम मिति २०७५।०६।८ गते तत्कालिन गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण महत ज्यूबाट उद्घाटन भए देखि जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नामबाट कार्यालय संचालन भै आएको छ । यसका मुख्य उद्देश्यहरु नयाँ सिंचाइ योजनाहरुको निर्माण गर्ने, निर्माण सम्पन्‍न भएका सिंचाइ प्रणालीहरुको मर्मत सम्भार एवं व्यवस्थापन गर्ने, नदी एवं खोलाहरुको कटान रोकथाम र आपतकालीन बाढी पहिरोको संरक्षण तथा न्यूनीकरण सम्बन्धी कार्य गर्ने र सिंचाई तथा नदि नियन्त्रण सम्बन्धी प्राविधिक ज्ञान उपलब्ध गराउने । गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८२।०५।१५ गतेको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सम्बन्धी निर्णय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको च.नं. ३९४, मिति २०८२।०७।१३ को सचिव बैठकको निर्णय कार्यान्वयन सम्बन्धी पत्रको आधारमा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको मिति २०८२।०७।१४ निर्णय (सचिवस्तर) बमोजिम गण्डकी प्रदेश सरकार, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय मातहत रहेको साबिकको भूमिगत जलस्रोत तथा सिंचाइ कार्यालय, नवलपरासी (ब.सु.पू.) यस जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, नवलपरासी (ब.सु.पू.) मा गाभिई, गाभिएको कार्यालयको नाम “जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, नवलपरासी (ब.सु.पू.)” रहि मिति २०८२।०८।०१ देखि एकीकृत सेवा प्रवाह हुने गरि कार्यालय संचालनमा रहेको छ ।

भूगोलः Source: DAO

  • सीमानाः पूर्वः चितवन जिल्ला; पश्चिमः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला; उत्तरः पाल्पा र  तनहुँ जिल्ला; दक्षिणः चितवन र भारतको विहार प्रदेश पर्दछ।
  • क्षेत्रफलः १,३३१.१६ वर्ग कि.मी.
  • भारतसँग जोडिएको सीमाको लम्वाईः नारायणी नदि करिव ३ कि.मि.
  • सबै भन्दा अग्लो भू-भागः समुन्द्री सतहबाट १९३६ मिटर (देवचुली)
  • कृषियोग्य जमिनः ४३८९७ हेक्टर
  • वनजंगलले ढाकेको क्षेत्रः ५८.४९%
  • मुख्य नदी: कालीगण्डकी र नारायणी
  • प्रमुख खोलानाला: झरही खोला, केरुङ्गे खोला, गिरुवारी खोला, विनयी खोला, अरुणखोला
  • प्रमुख ताल:  पोखरी ताल र टरुवा ताल
  • मुख्य धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरुः दाउन्ने देवी मन्दिर, मौलाकालीका मन्दिर, गजेन्द्र मोक्ष्यधाम, शास्वतधाम, अकलादेवी मन्दिर, घुमारीघाट, लोसेधारा, महाराजाथान, सिख्रौली घाट, उन्नति कल्चरल भिलेज हर्कपुर, धौवादी, देवचुली डाँडा, अमलटारी होमस्टे,  प्रिप्रहर होमस्टे

राजनीतिः Source: DAO

  • स्थानीय तहः ८ वटा => ४ वटा नगरपालिका (गैडाकोट, देवचुली, कावासोती र मध्यविन्दु) र ४ वटा गाउँपालिका (विनयी त्रिवेणी, हुप्सेकोट, बुलिङटार र बौंदीकाली)
  • वडा: ९१ वटा
  • प्रतिनिधि सभा निर्वाचन क्षेत्रः
  • प्रदेश सभा निर्वाचन क्षेत्रः ४ 


Last Updated : 2083-03-02 17:10:29

© All Rights Reserved to Water Resource and Irrigation Development Division Office, Nawalpur

Powered By: ProActive Developers