Nawalpur
Nawalpur
2077-05-01
2077-05-01
जिल्लाको संक्षिप्त परिचय
नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने ११ वटा जिल्ला मध्येको एक जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम भएको छ ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को संक्षिप्त परिचय
नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने ११ वटा जिल्ला मध्येको एक जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम मिति २०७५।०६।८ गते तत्कालिन गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण महत ज्यूबाट उद्घाटन भए देखि जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नामबाट कार्यालय संचालन भै आएको छ । यसका मुख्य उद्देश्यहरु नयाँ सिंचाइ योजनाहरुको निर्माण गर्ने, निर्माण सम्पन्न भएका सिंचाइ प्रणालीहरुको मर्मत सम्भार एवं व्यवस्थापन गर्ने, नदी एवं खोलाहरुको कटान रोकथाम र आपतकालीन बाढी पहिरोको संरक्षण तथा न्यूनीकरण सम्बन्धी कार्य गर्ने र सिंचाई तथा नदि नियन्त्रण सम्बन्धी प्राविधिक ज्ञान उपलब्ध गराउने । गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८२।०५।१५ गतेको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सम्बन्धी निर्णय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको च.नं. ३९४, मिति २०८२।०७।१३ को सचिव बैठकको निर्णय कार्यान्वयन सम्बन्धी पत्रको आधारमा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको मिति २०८२।०७।१४ निर्णय (सचिवस्तर) बमोजिम गण्डकी प्रदेश सरकार, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय मातहत रहेको साबिकको भूमिगत जलस्रोत तथा सिंचाइ कार्यालय, नवलपरासी (ब.सु.पू.) यस जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, नवलपरासी (ब.सु.पू.) मा गाभिई, गाभिएको कार्यालयको नाम “जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, नवलपरासी (ब.सु.पू.)” रहि मिति २०८२।०८।०१ देखि एकीकृत सेवा प्रवाह हुने गरि कार्यालय संचालनमा रहेको छ ।
भूगोलः Source: DAO
राजनीतिः Source: DAO
© All Rights Reserved to Water Resource and Irrigation Development Division Office, Nawalpur
Powered By: ProActive Developers